aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राहुल गान्धीलाई अर्को झड्का, जालान् त जेल ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
राहुल गान्धीलाई अर्को झड्का, जालान् त जेल ?

एजेन्सी । भारतीय काँग्रेस नेता राहुल गान्धीलाई आज फेरी अर्को ठूलो झड्का लागेको छ । आफ्नो सांसद पद उड्ने गरि एक महिना अघि भएको अदालतको फैसला बिरुद्ध उनले उच्च अदालतमा दिएको उजुरीलाई अदालतले रद्द गरेपछि उनलाई समस्या थपिएको छ ।   

सन् २०१९ मा एउटा कार्यक्रममा भाषण गर्ने क्रममा गान्धीले ‘सबै मोदीहरू किन चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सुरत जिल्ला अदालतले सोही मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो।

अदालतले मार्च २३ मा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । लगत्तै  अदालतले उनलाई ३० दिनका लागी धरौटीमा रिहा गरेको थियो । अदालतको फैसलापछि गान्धीको सांसद पदसमेत गुमेको छ ।

आज  पुनरावेदन खारेज भएसँगै गान्धी अप्ठ्यारोमा परेका छन् । उनी अब उच्च अदालत जाने तयारीमा छन् । अब उनले त्यहाँको उपल्लो अदालत जाने निर्णय गरेका छन् । सुरतको अदालतले आज 'डिसमिस' शब्द सहितको आफ्नो फैसला सुनाएपछि अदालतबाट न्याय पाउने उनको आशामा तुसारापात भएको हो ।

यदि त्यहापनि उनको मुद्दा माथि सुनुवाइ भएन भने गान्धीले जेल जानुपर्ने अवस्था आउन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस