aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा उर्मिला विकलाई नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका थिए । 

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरेका हुन् । गत चैत २५ गते नेकपा (एमाले)का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजिनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको थियो ।  

योजनामन्त्री सिंह जाजरकोट प्रदेशसभा ९१० उद्योगमन्त्री विसी, दैलेख क्षेत्र नं १ (१) र सामाजिक विकासमन्त्री पोखरेले सुर्खेत क्षेत्र नं १ (१) र ऊर्जामन्त्री विक डोल्पाबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।  

प्रतिक्रिया दिनुहोस