aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा तीन जना नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा तीन जना नियुक्त

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । अर्थमन्त्री महतले तीन जना आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । 

जसमा डा. विश्व पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्ट रहेका छन् । डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । त्यस्तै, डा. भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । उनीहरुले कुनै पनि तलब नलिने भएका छन् । उनीहरुको हैसियत भने राज्यमन्त्रीसरह रहन जनाईएको छ । 
 

प्रतिक्रिया दिनुहोस