
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले तीन जना आर्थिक सल्लाहाकार नियुक्त गरेका छन् । अर्थमन्त्री डा महतले तीनै जना पिएचडी गरेको अर्थविदलाई आफ्नो सल्लाहाकार टीममा राखेका छन् ।
मन्त्री महतले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता तथा गत निर्वाचनमा चितवनबाट चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका डा.विश्वनाथ पौडेललाई आफ्नो सल्लाहाकार नियुक्त गरेका छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय व्यापारका विज्ञका रुपमा चिनिने डा पोषकराज पाण्डे जुन साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) नामक एनजीओका कार्यकारी अध्यक्ष हुन् । अर्का राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख डा गुणाकर भट्टलाई आर्थिक सल्लाहाकार नियुक्त गरेका हुन् । पौडेल र पाण्डे दुवै राज्यमन्त्री सरह नियुक्त भएका हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७८ साउनमा पौडेल योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस