aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मोबाइलबाट धारामा पानी वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
मोबाइलबाट धारामा पानी वितरण

गोरखा । खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र मुहानको दूरी करिब ७ सय मिटर छ । 

आरुघाट गाउँपालिका–९ र १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १ सय २० घरमा खानेपानी सुविधा उपलब्ध गराएको छ । प्रदेश सरकारबाट निर्मित आयोजनामध्ये गोरखामा पहिलोपटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो ।
‘मुहाननजिकै रहेको ट्यांकीमा मोबाइल अपरेटिङ बक्स र बक्सभित्र सिम छ,’ उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर श्रेष्ठले भने, ‘मोबाइलको एपबाट नम्बर डायल गरेपछि बटन अन हुन्छ, कोड नम्बर हानेपछि पानी चालु भएको संकेत मिल्छ ।’

ट्यांकीमा पानी भए/नभएको, विद्युत्को भोल्टेज पुगे/नपुगेको मोबाइलबाट थाहा हुने उनले बताए । ‘ट्यांकीमा पानी सकिए मुहान जानुपर्‍यो, नत्र विद्युत् हाफलाइन मात्र आएर भोल्टेज नपुगेको समेत थाहा हुन्छ,’ उनले भने । ५० हजार लिटरको ट्यांकीमा संकलित पानी पर्याप्त रहेको उनले सुनाए । आयोजनामा उपभोक्ताको लगानीसमेत गरी १ करोड २६ लाख खर्च भएको छ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस