aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

उपचारमा राष्ट्रपति रामचन्द्र पौडेल, कस्तो छ अहिले उनको स्वास्थ्य अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ बैशाख २०८०
उपचारमा राष्ट्रपति रामचन्द्र पौडेल, कस्तो छ अहिले उनको स्वास्थ्य अवस्था ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार आइरहेको जानकारी प्राप्त भएको छ । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले उनको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका हुन् । 

राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकको भनाइलाई उदृत गर्दै दिल्लीस्थित नेपाली दूतावासले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ । 

दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपचारमा संलग्न सम्बन्धित चिकित्सकले सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन् ।’ 

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनी उपचारका लागि बुधबार नयाँदिल्ली गएका थिए ।

प्रतिक्रिया दिनुहोस