
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको भौतिक पूर्वाधारलगायत क्षेत्रमा करिब ४ खर्ब २० अर्ब (३.२ बिलियन अमेरिकी डलर) रुपैयाँ बराबरको लगानी गरेको जनाएको छ । सन् २०२२ सम्ममा एडीबीले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा त्यस्तो लगानी गरेको हो ।
नेपालमा सञ्चालित परियोजनाका क्षेत्र तथा कार्यसम्पादनसम्बन्धी बैठक (कन्ट्री पोर्टफोलियो) बारे जानकारी दिन आयोजित दुईदिने छलफलमा अर्थ मन्त्रालयले एडीबीका परियोजना कार्यान्वयन सुधार र समस्यालाई सक्रिय रूपमा सम्बोधन गरिरहे पनि विशेष ध्यान दिनुपर्नेमा एडीबीका महानिर्देशक केनिची योकोयामाले बताए । एडीबीका परियोजना कार्यान्वयनमा विशेष ध्यान दिए वार्षिक करिब ४५.९७ अर्बदेखि ५९.११ अर्ब (३५०–४५० मिलियन डलर) प्राप्त गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस