aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

आज तीन स्थानमा उपनिर्वाचन हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
आज तीन स्थानमा उपनिर्वाचन हुँदै

काठमाडौं । आज तीन स्थानमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको  आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस