aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

उपनिर्वाचन अन्तर्गत देशका तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
उपनिर्वाचन अन्तर्गत देशका तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु

काठमाडौं । आज हुने उपनिर्वाचन अन्तर्गत देशका तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार (आज) बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् । 

त्यस्तै, तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन हुन लागेको हो । तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल प्रतिस्पर्धामा छ । 

त्यस्तै, बारा–२ बाट निर्वाचित उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस