
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा स्वर्णिम वाग्लेले आफैलाई भोट हाल्न नपाउने भएका छ्न । उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।
त्यस्तै चितवन क्षेत्र नं २ क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उहाँहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।
मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गर्दै छन् भने एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेकोले मतदान गर्न पाउने छैनन् । त्यस्तै, बारा २का रास्वपाका उम्मेदवार रमेश खरेलले पनि आफूलाई भोट हाल्न पाउने छैनन् । किनकी उनको मतादाता नामावलीमा नाम रहेको छैन ।
प्रतिक्रिया दिनुहोस