aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

तीनवटै निर्वाचन क्षेत्रमा धमाधम मतदान (फोटोफिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
तीनवटै निर्वाचन क्षेत्रमा धमाधम मतदान (फोटोफिचर)

काठमाडौं । उपनिर्वाचन अन्तर्गत देशका तीनवटै निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार (आज) बिहान ७ बजेबाट मतदान भइरहेको हो ।    

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन भएको हो । जहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् ।  

त्यस्तै, तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन भएको हो । तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल प्रतिस्पर्धामा छ ।  

त्यस्तै, बारा–२ बाट निर्वाचित उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन भएको हो । त्यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत उम्मेदवार छन् । 

तस्बिरः राष्ट्रिय समाचार समिति 

प्रतिक्रिया दिनुहोस