aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

आफ्नो पक्षमा सकारात्मक माहोल रहेको चितवनका उम्मेदवार श्रेष्ठको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
आफ्नो पक्षमा सकारात्मक माहोल रहेको चितवनका उम्मेदवार श्रेष्ठको दाबी

काठमाडौं । उपनिर्वाचन अन्तर्गत देशका तीनवटै निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार (आज) बिहान ७ बजेबाट मतदान भइरहेको हो ।  

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन भएको हो । जहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् ।

सत्ता गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्ते बताएका हुन् । 

श्रेष्ठले भने, ‘हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लडेका छन् भने मतदाताहरुले भन्नु भएको छ । मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त छु ।’ 
 

प्रतिक्रिया दिनुहोस