aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

मधेश प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
मधेश प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री मा. सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । आयोगले उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै मुख्यमन्त्री यादवलाई आज स्पष्टीकरण सोधेको हो । 

आइतबार बारा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको छ । यस अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उनलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा भएको हो भनी आयोगले स्पष्टीकरण सोधेको जनाएको छ । 

आयोगले उनलाई सोधेको छ, ‘तपाई त्यहाँ जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो होइन ? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को उलङ्घन हुन्छ हुँदैन निर्वाचन आचारसंहिता उलङ्घन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने भनी २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेस गर्नु ।’ 

 

प्रतिक्रिया दिनुहोस