aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

उम्मेदवार भट्टराई गरे मतदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
उम्मेदवार भट्टराई गरे मतदान

तनहुँ । उपनिर्वाचन अन्तर्गत देशका तीनवटै निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन भएको हो । जहाँ तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल प्रतिस्पर्धामा छ ।  

तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा व्यास नगरपालिका–११ बेलटारीस्थित तनहुँ प्राथमिक विद्यालय (तनहुँसुर स्वास्थ्य चौकी सेवा कार्यालय)को मतदान केन्द्रबाट कांग्रेसका उम्मेदवार भट्टराईले मतदान गरेका छन् । 

उनका प्रतिस्पर्धी रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनालले भने मतदा नगर्न पाउने छैनन । उनीहरुको उम्मेदवार बनेको क्षेत्रमा मतदाता नामावली नभएकोले मतदान गर्न नपाउने भएका हुन् ।  

प्रतिक्रिया दिनुहोस