aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

३७ लाख ३० हजार रुपैयाँमा खरिद गरेकाे गाउँपालिका अध्यक्षकाे गाडीमा आगजनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
३७ लाख ३० हजार रुपैयाँमा खरिद गरेकाे गाउँपालिका अध्यक्षकाे गाडीमा आगजनी

सल्यान । सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

गाउँपालिकाको कार्यालयमै राखिएको टाटा कम्पनीको रा १ झ १०१७ नम्बरको गाडीमा राति करिब साढे ११ बजेको समयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले गाडीमा आगजनी कसले ग¥यो भन्नेबारे खुल्न नसकेको बताए ।

गाउँपालिकाकाले सो डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार रुपैयाँमा खरिद गरेको थियो । गाउँपालिकाका अध्यक्ष चित्रबहादुर केसीले यसअघि कहीँ कतैबाट डर धम्कीसमेत नआएकाले गाडी कसले जलाएको हो भनेर आशंका गर्न सकिने ठाउँ पनि नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस