aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

रास्वपाले माफी मागेपछि चितवन २ मा मतदान शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
रास्वपाले माफी मागेपछि चितवन २ मा मतदान शुरु

चितवन । चितवन क्षेत्र नं. २ अन्तर्गतको भरतपुर महानगरपालिका वडा नं. ११ स्थिति नयाँ किरण कमल कुसुम मावि भोजाडमा रोकिएको मतदान पुनः शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माफी मागपछि उक्त ठाउँमा रोकिएको मतदान पुनः शुरु भएको हो ।  

मतदान केन्द्रमा रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले नारा जुलुस गरेपछि उक्त स्थानमा विवाद शुरु भएको थियो । सो विवादपछि रोकिएको मतदान सर्वदलीय बैठक बसेर शुरु भएको हो । 

उक्त बैठकको निर्णयमा लेखिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु भइरहेको समयमा आचार संहिता उल्लङ्घन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो । उक्त दलबाट क्षमा याचना गर्ने निर्णय गरियो ।’ 

त्यस्तै, बैठकले तीन सय मिटर वरिपरि शान्ती सुरक्षा कायम गर्ने, अवरुद्ध मतदान पुन शुरु गर्ने  र आचार संहिता उल्लङ्घन गरेको विषय मुख्य निर्वाचन कार्यालयलाई जानकारी गराउने समेत निर्णय गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस