
चितवन । चितवन क्षेत्र नम्बर २ कम मत खसेको छ । गत मंसिरमा भएको ससदीय चुनावभन्दा करिब १० हजारले कम मत हालेको निर्वाचन कार्यालयले जनाएको छ । आज सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ । अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ४ सय ५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो ।
मतदाताको संख्या १ लाख २४ हजार २१७ जना अर्थात् ६७.६३ प्रतिशत मत खसेको थियो । चितवन २ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ८४ हजार १७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस