तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले शुरुवाती अग्रता लिएका छन। तनहुँ १ मा भएको उपनिर्वाचनमा उनले अग्रता लिएका हुन । बिहान ६ बजेसम्म ९ हजार २४६ मत गनिसक्दा रास्वपाका स्वर्णिम वाग्लेले सुरुवातिदेखिको अग्रता कायमै राखेका छन् ।
पछिल्लो अपडेट अनुसार वाग्लेले ५०९१ मत प्राप्त गरेका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २३५१ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको १५४९ मत छ । तनहुँ नेपाली काँग्रेसका तर्फबाट गोविन्द भट्टराई, एकीकृत मार्क्सवादी लेनिनवादी नेकपा, सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस