aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्णय नगरेसम्म चितवनमा मत गणना शुरु नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्णय नगरेसम्म चितवनमा मत गणना शुरु नहुने

चितवन । चितवनको उपनिर्वाचनको मत गणना शुरु हुन सकेको छैन । चितवन क्षेत्र नम्बर २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दै गरेको निर्वाचन आयोगले जनाएको छ ।   बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने बताइएको छ । 

 चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।  चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस जितनारायण श्रेष्ठ, नेकपा एमाले रामप्रसाद न्यौपाने  र रास्वपा रवि लामिछाने उम्मेदवार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस