aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

तनहुँ १ उपनिर्वाचन  रास्वपाका डा वाग्लेले कुन कुन पालिकामा लिए अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
तनहुँ १ उपनिर्वाचन  रास्वपाका डा वाग्लेले कुन कुन पालिकामा लिए अग्रता

काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन । 

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन। हालसम्म छ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन । आँबुखैरेनी–१, आँबुखैरेनी–२, भानु–१०, भानु–८, भानु–३, भानु–७ र को नौ हजार दुई सय ५७ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार तीन सय ५१ र नेकपा ९एमाले०का सर्वेन्द्र खनालले एक हजार पाँच सय ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । 

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरे ।  आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका डा वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गरेका छन । 

भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत पाएका छन । भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत ल्याए । 

भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत आएको छ । भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत प्राप्त गरे । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस