aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

तनहुँमा गनेर सकियो १० हजार ६३८ मत, डा. वाग्लेको फराकिलो अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
तनहुँमा गनेर सकियो १० हजार ६३८ मत, डा. वाग्लेको फराकिलो अग्रता

काठमाडौं । हिजो सम्पन्न उपनिर्वाचन अन्तर्गत तनहुँको क्षेत्र नं. १ मा हालसम्म १० हजार ६३८ मत गनेर सकिएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रता फराकिलो बनाएका छन् । 

हालसम्मको मतगणनामा वाग्लेले ५ हजार ९०० मत प्राप्त गरेका छन् । उनी सत्ता गठबन्धनका उमेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा दोब्बर मतले अघि छन् । 

भट्टराईले २ हजार ६८७ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनालले एक हजार ६५६ मत प्राप्त गरेका छन् ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस