aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

तनहुँमा १३ हजार ६५ मतगणना सकियो, स्वर्णिम वाग्ले निरन्तर अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
तनहुँमा १३ हजार ६५ मतगणना सकियो, स्वर्णिम वाग्ले निरन्तर अगाडि

काठमाडौं । तनहुँको क्षेत्र नं. १ मा जरी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायम गरेका छन् । सुरुदेखि नै अग्रता कायम राखेका वाग्लेले पछिल्लो मतपरिणाम अनुसार ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म ८ वटा वडाको मतगणना सकिएको छ । अहिलेसम्म १३ हजार ६५ मतगणना भएको छ ।

जसमा वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्बेन्द्र खनाल तेस्रो स्थानमा छन् । उनले २ हजार १ सय ३४ मत प्राप्त गरेका छन् । 

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस