aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगेको हो ? साधारण खर्च धान्न धौधौ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगेको हो ? साधारण खर्च धान्न धौधौ

काठमाडौं । सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले केही दिनअघि एउटा फेसबुक स्टाटस लेखे, सरकार संकटमा परेछ कि, फागुनदेखि पेन्सन पठाएको छैन । डा. कोइरालाको स्टाटसपछि केहीले सामाजिक सुरक्षा भत्ता रोकिएको कतिपय कर्मचारीको तलबभत्ता रोकिएको लगायतका विभिन्न प्रतिक्रिया आएका छन् । सामाजिक सज्जालमा आएका प्रतिक्रियाले मात्रै होइन तथ्यांकले पनि देशको अर्थतन्त्र अप्ठ्यारोमा परेको तर्फ संकेत गरेको छ ।

तथ्यांकले सरकारको आम्दानीभन्दा खर्च धेरै रहेको छ । आइतबारसम्म सरकारले ७ खर्ब ३६ अर्ब ४ करोड २८ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने ९ खर्च ५५ अर्ब २५ करोड ७४ लाख रुपियाँ भएको छ । यस अर्थमा सरकारलाई भन्डै २ खर्ब रुपियाँ घाटामा देखिएको छ । जसका कारण सरकारलाई तलब र पेन्सन खुवाउनै धौधौ परेको हो ।

सरकारको राजस्व संकलनभन्दा चालू खर्च बढी हुँदा साधारण खर्च धान्न नै सरकारलाई कठिन हुने देखिन्छ । विगतदेखि नै पुँजीगत खर्च न्यून रहँदै आएको स्थितिमा चालू आर्थिकमा सरकारलाई अन्य खर्च धान्न नै गाह्रो भइरहेको अवस्थामा पुँजीगत खर्च वृद्धि इन कठिन छ। नेपाल समाचारपत्र v

प्रतिक्रिया दिनुहोस