
काठमाडौं । तनहुँको क्षेत्र नं. १ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ९ हजार एक सय ९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८ सय ३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्बेन्द्र खनालले २ हजार ४ सय ३० मत प्राप्त गरेका छन् ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस