aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

तनहुँ १ उपनिर्वाचनः भट्टराईभन्दा दोब्बर मतले अगाडी वाग्ले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
तनहुँ १ उपनिर्वाचनः भट्टराईभन्दा दोब्बर मतले अगाडी वाग्ले

काठमाडौं । तनहुँको क्षेत्र नं. १ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडी बनेका छन् । उनले यो समाचार तयार पार्दासम्म १० हजार दुई सय ५९ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् भने  नेकपा एमालेका उम्मेदवार सर्बेन्द्र खनालले २ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् ।  

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस