
चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणना दिउँसो १ बजेबाट शुरु हुने भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका दिउँसो १ बजेटबाट शुरु गर्ने सर्बदलीय बैठकले निर्णय गरेको हो ।
गएराति मतपेटीका मतगणनास्थलमा आइसके पछि सर्वदलीय बैठक बस्ने भनिएको थियो । तर, उत्पन्न विवादका कारण सर्वदलीय बैठक आज बसेको हो । प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने अडान लिएका थिए ।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस