काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्मिण वाग्लेको मतान्तर कम हुन थालेको छ । आज विहान गणना शुरु भएदेखि नै फराकीलो अग्रता ल्याइरहेका डा. वाग्लेको मतान्तर कम हुन थालेको हो । २१ हजार २६१ मतगणना हुँदा रास्वपाका स्वर्णिम वाग्लेले ५३३६ मतको अग्रता लिएका छन् ।
डा वाग्लेले ११ हजार २२१ मत ल्याएका छन् । यो ५३ प्रतिशत मत हो । तर उनको मत प्रतिशत घटेको छ । यस अघि ५६ प्रतिशत मतले अग्रता लिएका थिए । कांग्रेसका गोविन्द भट्टराईले ५८८५ मत ल्याएका छन् । यो २८ प्रतिशत मत हो । यस अघि उनको २५ प्रतिशत थियो ।
प्रतिक्रिया दिनुहोस