aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

बारा–२ उपनिर्वाचनः उपेन्द्र यादवको सुरुवाती अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
बारा–२ उपनिर्वाचनः उपेन्द्र यादवको सुरुवाती अग्रता

बारा । बारा–२ को कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको छ । सुरुवाती मत परिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवल २२४ मत पाएका छन् । 

त्यस्तै, जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १७० मत पाएका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् । यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् ।

यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपति बनेपछि उपनिर्वाचित भएको हो । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस