
काठमाडौं । तनहुँको क्षेत्र नं. १ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १३ हजार मत कटाएका छन् । उनले यो समाचार तयार पार्दासम्म १३ हजार ७४९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ३७ प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सर्बेन्द्र खनालले ४ हजार ३९४ मत प्राप्त गरेका छन् ।
तनहुँ–१ बाट निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन भएको हो । आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस