aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कसले किन काट्यो होला यी गाईको जिब्रो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
कसले किन काट्यो होला यी गाईको जिब्रो ?

एजेन्सी । अमेरिकाको टेक्सासमा भएको एउटा अनौठो र रहस्यमयपूर्ण घटनाको त्यहाँका  अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । त्यहाँ छ वटा गाई जिब्रो काटिएको अवस्थामा मृत भेटिएपछि त्यसको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

टेक्सासको वाकोबाट करिब १०० माइल दक्षिण पूर्वमा रहेको म्याडिसन काउन्टीका पशु पालकहरूले आफ्नो खेतमा छेउमा लङ्गहर्न क्रस गाईको अवशेष फेला पारे। जसको जिब्रो काटिएको थियो भने अन्य कुनै चोटपटक थिएन ।

स्थानीय सञ्चार माध्यमहरूले जनाए अनुसार म्याडिसन काउन्टी शेरिफको कार्यालयले भन्यो, "गाईको मुखको वरिपरिको छालालाई सीधा र सफा काटिएको थियो,तर, छालाको मासुलाई छोइएको थिएन । जिब्रो पनि शरीरबाट पूर्ण रूपमा हटाइयो थियो तर, एक थोपा पनि रगत बगेको थिएन।"

अचम्म त यो छ कि घटनास्थलमा गाई र हत्यारा बीच सङ्घर्ष भएको कुनै सङ्केत थिएन र गाई वरपरको घाँस समेत माडिएको थिएन । अन्वेषकहरूले बताए अनुसार  त्यो क्षेत्रमा कुनै पनि खुट्टाको छाप वा टायर ट्र्याकहरू समेत भेटिएन ।

रेन्चर्सहरूले ब्राजोस र रोबर्टसन काउन्टीहरूमा चार वयस्क गाई र एक वर्षको उमेरको बाच्छो समावेश भएको पाँच समान घटनाहरू पनि रिपोर्ट गरे।

छ गाईबस्तुको मृत्युको वास्तविक कारण अज्ञात छ । प्रत्येकलाई उस्तै तरिकाले फेला पारिएको थियो ।  यो घटना के भएको भन्ने आम जिज्ञासा बीच फेसबुक पोस्टमा एक टिप्पणीकर्ताले लेखेका छन्, "यो केवल मुद्रास्फीति कति उच्च छ भनेर देखाउनको लागि हो।"

 रोचक त यो छ कि यी गाईको मृत्युको तरिका चर्चित टिभी सिरियल "द एक्स-फाइल" को एउटा एपिसोडको कथासँग मिल्दोजुल्दो छ।

प्रतिक्रिया दिनुहोस