aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

चितवन–२ मा रवि झण्डै दोब्बरले अगाडी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
चितवन–२ मा रवि झण्डै दोब्बरले अगाडी

काठमाडौं । चितवन–२ को मतगणना शुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्र स्थानमा पुगेका छन् । उनले ११५५ मत ल्याएका छन् । 

त्यस्तै, एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ६६५ मत पाएका छन् भने सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत ल्याएका छन् ।  

चितवन–२ मा रास्वपाका सभापति लामिछानेको सांसद पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन भएको हो । यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । 
 

प्रतिक्रिया दिनुहोस