aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

बारा–२ उपनिर्वाचनः उपेन्द्रलाई पछि पारे शिवचन्द्र कुशवाहले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
बारा–२ उपनिर्वाचनः उपेन्द्रलाई पछि पारे शिवचन्द्र कुशवाहले

बारा । बारा–२ को कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछि पारेका छन् । उनले हालसम्म ६०१ मत ल्याएका छन् । 

त्यस्तै, यादवले ५७१ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१० मत पाएका छन् । यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २०७ मत पाएका छन् ।

यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपति बनेपछि उपनिर्वाचित भएको हो । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस