aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

तनहुँ–१ उपनिर्वाचनः यस्तो छ पछिल्लो मत परिणाम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
तनहुँ–१ उपनिर्वाचनः यस्तो छ पछिल्लो मत परिणाम

काठमाडौं । तनहुँको क्षेत्र नं. १ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । उनले यो समाचार तयार पार्दासम्म १५ हजार ९५८ मत प्राप्त गरेका छन् ।  

त्यस्तै, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० प्राप्त गरेका छन् भने  नेकपा एमालेका उम्मेदवार सर्बेन्द्र खनालले ५ हजार १६६ मत प्राप्त गरेका छन् ।  

तनहुँ–१ बाट निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन भएको हो । आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस