aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

बारा–२ मा उपेन्द्र र शिवचन्द्रबीच रोचक प्रतिस्पर्धा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
बारा–२ मा उपेन्द्र र शिवचन्द्रबीच रोचक प्रतिस्पर्धा

बारा । बारा–२ को उप निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । कलैस्थित शिक्षा तालिम केन्द्रमा जारी मतगणनामा उनीहरुबिचको प्रतिस्पर्धा रोचक बन्दै गएको हो । 

मतगणनाको सुरुवाती चरणमा उपेन्द्रले अग्रता लिएका थिए । तर, पछि कुशवाहाले उनलाई पछाडी पार्दै अग्रता लिए । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले एक हजार ११७ मत पाएका छन् ।

त्यस्तै, जनमत पार्टीका शिवचन्द्र कुशवाहाले एक हजार १४६ मत पाएका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत पाएका छन् । यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ मत पाएका छन् ।

यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपति बनेपछि उपनिर्वाचित भएको हो । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस