
काठमाडौं । चितवन–२ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्र स्थानमा पुगेका छन् । उनले एक हजार ४९२ मत ल्याएका छन् ।
त्यस्तै, एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले एक हजार एक सय ३३ मत पाएका छन् भने सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठले सात सय ९४ मत ल्याएका छन् ।
चितवन–२ मा रास्वपाका सभापति लामिछानेको सांसद पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन भएको हो । यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस