aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

डा. स्वर्णिम वाग्लेको अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
डा. स्वर्णिम वाग्लेको अग्रता कायमै

काठमाडौं । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणना अनुसार वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् । 

साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २२८ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले ५ हजार ८६६ मत प्राप्त गरेका छन् । 
गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।
 

प्रतिक्रिया दिनुहोस