
काठमाडौं । तनहुँ-१ को ३८ हजार ७९४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार स्वर्मिण वाग्लेले १९ हजार ६५३ मत ल्याएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा करिब ८ हजार मतले अगाडि लागेका छन् । अब गणना हुन बाकी मत २५ हजार हराहारी मात्र रहेको छ ।
गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द भट्टराईले ११ हजार ६६९ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका सर्वेन्द्र खनाल ६ हजार २३६ मतसहित तेस्रो स्थानमा छन् । त्यहाँ ६३ हजार ७५७ मत खसेको थियो । अब बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाको २४ हजार ९६३ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस