aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

तनहुँमा रास्वपाका डा वाग्ले विजयी, को हुन उनी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ बैशाख २०८०
तनहुँमा रास्वपाका डा वाग्ले विजयी, को हुन उनी ?

तनहुँ । तनहुँ १ -उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) उम्मेदावार डा स्वर्णिम वाग्ले  विजयी भएका छन् । उनले  ३४ हजार ९ सय १९ मत ल्याएका छन् । उनका निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोबिन्द भट्टराईले २० हजार १ सय २२ मत ल्याएका छ । त्यस्तै, नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी शोभा गुरुङले २१८ मत ल्याएका थिए । 

डा वाग्ले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।  नेपालको राष्ट्रिय योजना आयोगको सदस्यको रूपमा दुई कार्यकालका लागि (सेप्टेम्बर २०१६ देखि अगस्ट २०१७ र मे २०१४ देखि नोभेम्बर २०१५०) रहेका थिए।

२०४६ सालको एसएलसीमा बोर्ड सेकेन्ड डा वाग्ले काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए ।  अर्थशास्त्रीमा पिएचडी गरेका डा वाग्ले विश्व बैंक लगायतका विदेशी निकायमा काम गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस