aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तनहुँमा कांग्रेस र एमालेका उम्मेदवारलाई आफ्नै कार्यकर्ताबाट धोका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ बैशाख २०८०
तनहुँमा कांग्रेस र एमालेका उम्मेदवारलाई आफ्नै कार्यकर्ताबाट धोका

काठमाडौं । वैशाख १० मा भएको उपनिर्वाचनमा नयाँ आशासहितको मत (ब्यालेट) विद्रोहले पुराना राजनीतिक दलहरुलाई झापड हानेको छ । प्रजातन्त्रप्राप्ति पछिको चुनावी इतिहासमा तनहुँ कांग्रेसको किल्लाकै रुपमा परिचित जिल्ला हो । तर यसपटकको उपनिर्वाचनमा तनहुँ–१ मा नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले कांग्रेसको गढ भत्काएको छ ।

उपनिर्वाचनको संघारमा कांग्रेस परित्याग गरेर रास्वपाबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्ले तनहुँ १ बाट भारी मतान्तरले विजयी हुनुभएको छ । त्यसैगरी चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछानेले अग्रता लिइरहनुभएको छ ।

गत मंसिर ४ को आम निर्वाचनमा कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित भएको सो क्षेत्र पौडेल राष्ट्रपति भएपछि खाली भएको थियो । ६३ हजार ७ सय ५७ मत खसेको यो क्षेत्रमा ९ दलले उम्मेदवारी दिएका थिए । नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस