
चितवन । चितवन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शानदार जित भएको छ । उनले उनका प्रतिस्पर्धीहरु भन्दा अत्याधित मत लयाएर विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी सरकारी गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर श्रेष्ठले ११ हजार २५१ मत मात्रै प्राप्त गरेका छन् । यसरी हेर्दा लामिछाने र श्रेष्ठबीचको मतान्तर ४३ हजार भन्दा बढी रहेको छ । त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मात्रै मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो । सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान भएको थियो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।
प्रतिक्रिया दिनुहोस