
बारा । बारा–२ को कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई को अग्रता कायमै रहेको छ ।
हालसम्म यादवले १५ हजार ९८० मत पाएका छन् । त्यस्तै, जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११ हजार १९८ मत पाएका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार १४१ मत पाएका छन् । यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १२९ मत पाएका छन् ।
यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव नेपालको तेस्रो उपराष्ट्रपति बनेपछि उपनिर्वाचित भएको हो । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको छ ।
प्रतिक्रिया दिनुहोस