
काठमाडौं । बारा क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दलका रुपमा किन भयो ? भन्ने प्रश्न उठन थालेको छ । उपनिर्वाचनका तीन स्थानमा भएको निर्वाचनमध्ये दुई स्थानमा पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी बारामा भने चौथो त्यो पनि रमेश खरेल चर्चित व्यक्तिलाई चुनावमा उम्मेदवार उठाएको थियो । उनले रमेश जम्मा २ हजार ४ सय ६६ मत मात्र पाएका छन् । जहा जनता समाजवादी पार्टीका उम्मेदार उपेन्द्र यादवले २० हजार ४ सय ६३ मत ल्याएर पहिलो स्थानमा रहेका छन् ।
दोस्रो स्थानमा जनमत पार्टका शिवचन्द्र कुशवाहले १७ हजार ७ सय ९७ मत ल्याएका छन् भने नेकपा एमालेका पुरुषोतम पौडेलले पनि ६ हजार १ सय २१ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकोका देशैभरी लहर आएको हो भने बारा २ मा किन मत बढ्न सकेन ? राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बारालाई महत्व नदिएर हो वा अन्य दल बलियो भएर हो ?
प्रतिक्रिया दिनुहोस