aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जग्गा कित्ताकाट अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ बैशाख २०८०
जग्गा कित्ताकाट अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरेको छ । जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले बताए । 

कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाटको विषय छलफलका लागि समितिमा पठाउने निर्णय गरेको जानकारी दिए ।  उनका अनुसार सशस्त्र प्रहरीको नियमावली समेत  संशोधन गरेको छ । बैठकले काठमाडौँ–तराई मधेस फास्ट ट्रयाकअन्तर्गत परेका जग्गा प्राप्तिलाई टुंग्याउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस