aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

राष्ट्रपतिको उपचार खर्च बारे जानकारी खै ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ बैशाख २०८०
राष्ट्रपतिको उपचार खर्च बारे जानकारी खै  ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने माग भएको छ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचारमा लागेको खर्चको बारेमा जानकारी गराउन माग गरेकी हुन । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै उनले कुन–कुन रोग लागेको हो र उक्त रोग नेपालमा उपचार हुने वा नहुने त्यो जानकारी गराउन माग गरेकी छिन ।

उनले भनिन्, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई ? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो ? 

वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागे पनि उनले जानकारी गराइन । उनले भनिन, ‘हाम्रा भिभिआइपीहरू धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ । कुन–कुन रोगको नेपालमा उपचार हुँदैन रु र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । यसमा ध्यानाकर्षण गराएँ ।’ 

प्रतिक्रिया दिनुहोस