
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी ढुंगा प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गरिसकिएको बताएका छन्।
प्रतिनिधि सभा बैठकमा बुधबार बोल्दै गृहमन्त्री श्रेष्ठले झापामा ओलीलाई लक्षित गर्दै ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए। गुहमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताएका छन । ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस