काठमाडौं। आइतबार सम्पन्न भएको उपनिर्वाचनमा ५६ जनाको जमानत जफत भएको छ । उपनिर्वाचनमा उम्मेदवार दिएका विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो ।
उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको छ । अर्थात निर्वाचनमा सहभागीमध्ये ८६.१५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस