aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विदेश पढ्न जाने विद्यार्थीको एनओसी नदिने निर्देशिका फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
विदेश पढ्न जाने विद्यार्थीको एनओसी नदिने निर्देशिका फिर्ता

काठमाडौं । कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा गर्न जानेलाई एनओसी नदिने निर्देशिका सरकारले फिर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै विदेश अध्ययन गर्न जान कडाई गर्दै यस्तो निर्देशिका पारित गरेरको थियो ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत फागुन १८ गते निर्देशिका पारित गरेर चैत १९ गतेदेखि कार्यान्वयनमा आएको थियो । चौतर्फी विरोध र दबाबपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । निर्देशिका जारी गर्दै स्नातक वा सोभन्दा माथिल्लो तहका लागि मात्र विदेश पढ्न जान पाउने व्यवस्था गरेको थियो । अब कक्षा वा सो सरहभन्दा माथिको शिक्षा पढ्नको लागि विदेश जान पाउने भएका हुन् । 

प्रतिक्रिया दिनुहोस