काठमाडौं । टाटा हिटाचिको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रा. लि. र ज्योति बिकाश बैङ्क बिच कर्जा सम्झौता भएको छ ।
टाटा हिटाचि खरिद गर्न चाहने खरिदकर्ताले ज्योति बिकाश बैङ्कको देशैभरिको जुनसुकै शाखा मार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्ने गरि सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सिप्रदी अर्थमुभर्सका तर्फबाट कम्पनिका उप महाप्रबन्धक राजेन्द्र कार्कि र ज्योति बिकाश बैङ्कका तर्फबाट नायव महाप्रबन्धक शुशिलकुमार शर्माले हस्ताक्षर गरेको छ ।
सिप्रदी अर्थमुभर्स प्रा. लि. ले बिगत १० बर्षदेखी टाटा हिटाचिका करिव १५०० भन्दा धेरै एक्जाभेटर, ब्याहृोलोडर र व्हिललोडर बिक्रीबितरण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस