
काठमाडौं । मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला आइतबारबाट खुला भएको हो ।
अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रम रोजगार तथा सामाजिवक सुरक्षा मनत्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार अब मलेसियमा जाने कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने छ ।
प्रतिक्रिया दिनुहोस