aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
चीनका राष्ट्रपति र युक्रेनी राष्ट्रपति बीच फोनवार्ता

बेइजिङ ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गरेका छन। सो अवसरमा उहाँहरूबीच भएको कुराकानीका केही झलकहरु यस्ता छन् ।

युक्रेन सङ्कट
राष्ट्रपति सीले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता नै एकमात्र व्यावहारिक उपाय भएको बताउँदै आणविक युद्धमा कसैको जित नहुने धारणा राख्नु भएको छ । चीनले युरेसियाली मामिलासम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन र अन्य देशको भ्रमण गर्न पठाउने र जारी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षहरूसँग गहिरो समन्वय गर्न पनि  उनले  बताए ।

युक्रेन सङ्कटमा चीन सधैं शान्तिको पक्षमा उभिएको  र यसको मुख्य अडान शान्तिको लागि वार्तालाई सहज बनाउनु  रहेको पनि राष्ट्रपति सीको धारणा छ । उनले चार बुँदे प्रस्तावहरूमा  अन्तरराष्ट्रिय समुदायले मिलेर गर्नुपर्ने चारवटा कुरा र तीनवटा अवलोकनहरू उल्लेख गरेका छन । सो प्रस्तावनामा चीनले युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो स्थिति  सार्वजनिक गरेको पनि उल्लेख गरेका छन ।

‘चीनले  न त युक्रेन सङ्कट सृजना गरेको हो  न त यो सङ्कटको पक्षमा छ’ सीले भने ।  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य र जिम्मेवार प्रमुख देशको रूपमा चीन चुपचाप बस्दैन उनले भने । सबै पक्षले युक्रेन सङ्कटलाई गम्भीरतापूर्वक विचार गर्ने र वार्ताको माध्यमबाट युरोपमा दिगो शान्ति र सुरक्षा ल्याउने उपायहरू संयुक्त रूपमा खोज्ने आशा पनि सीले व्यक्त गर्नु  भएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस